बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्राकृतिक स्रोत साधनको दोहन रोक्न गढवाका प्रहरी प्रमुखलाई आग्रह

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २७, २०७५



  • शिबराज पन्थी, गढवा दाङ २६ जेठ

    देउखुरीको राप्तीनदीमा दर्जनौं क्रसर उद्योगहरु तथा वालुवा प्रशोधन मसिनहरु रहेकोले तिनीहरुले अनधिकृत रुपमा रातारात गिट्टी ढुङ्गा र वालुवा उठाउने गरेका छन्।

    राजश्व छलेर रातारात यस्तो अनधिकृत कार्य गरि प्रकृतिक स्रोत साधनको दोहनमा संलग्नहरुलाई तह लगाउनु पर्यो, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गुणनिधी शर्माले हालै सरुवा भएर गढवामा आउनु भएका प्रहरी निरीक्षक पञ्चलाल गोलेसंग अनुरोध गर्नुभयो ।

    वन क्षेत्रमा दिन दाहाडै घप्पु काटिन्छ र रातारात तष्करी हुन्छ,बजार देखि जंगल सम्म सिआईडिहरु बसेका हुन्छन्, यसमा प्रहरीको पनि मिलेमतोको आशंका छ, यसलाई निराकरण गर्नुपर्छ ,गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरले प्रहरी निरिक्षक संग अनुरोध गर्नुभयो ।

    भारतसंग सिमा जोडीएका २४ वटा नाकाहरु छन्, नाकामा बस्ने मानिसहरु भारतिय एसएसविको ज्यादतीबाट दिनहुँ प्रताडित भएर रुने गरेका छन् ।

    नाकाहरुमा अपराधी फरार हुने र अपराधमा संलग्न नभएका सोझा साधा गाउँले जनताहरुलाई भारतीय एस.एस.वि.ले सताउने गरेको छ।

    यो समस्या प्रति राज्यको ध्यान जानु पर्यो, नेकपा विप्लव समूहका गणेश कुमालले बताउनुभयो ।

    सरुवा भएर हालै ईलाका प्रहरी कार्यालय गढवामा आउनु भएका प्रहरी निरिक्षक पञ्चलाल गोलेसंगको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राप्ती नदीमा प्रहरी विटको स्थापना गर्न, नाका क्षेत्रमा शान्ती शुरक्षाको उचित ब्यवस्थापन गर्न, मादक पदार्थ, जुवातास र लागु औषध नियन्त्रण गर्न, प्राकृतिक प्रकोपहरुमा सकृयता साथ सहयोग गर्न, ठेक्का पट्टामा हुने गरेको दादागिरी र गुण्डागर्दी अन्त्य गर्न, बजारको भिडभाड र अब्यवस्थितता मिलाउन सहयोग गर्न, महिला हिंसा तथा लैगिक हिंसा पिडीतहरुलाई सहज तरिकाले कानूनको पहुँच सम्म पुग्न सहयोग गर्न, सञ्चार माध्यमहरुलाई आवश्यक सुचना उपलब्ध गराउन, दलिय प्रभावमा परेर अपराधिलाई उन्मुक्ती नदीन, यातायातको मनपरी भाडादर र क्षमता भन्दा बढी यात्रुहरु बोक्ने परिपाटी रोक्न र सडक निर्माणमा प्रयोग भएका टिप्परको गति नियन्त्रण गर्न तथा समुदायमा सुशासन कायम गरि अपराध नियन्त्रण गर्न सकृय रहन कार्यक्रमका सहभागीहरुले प्रहरी निरिक्षकलाईआग्रह गरेका छन् ।

    प्रहरी निरीक्षक पञ्चलाल गोलेको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख सहजराम अहिरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै निरिक्षक गोलेले समयको पालना र कामलाई माया गर्नुपर्ने बिषयमा सहभागी सबैसंग आग्रह गर्नुभयो ।

    प्रहरी वर्दि लगाएको सिपाही हो भने जनता वर्दी विनाका प्रहरी हुन् त्यसैले प्रहरीलाई सहयोग गर्नु नागरिकहरुको दायित्व भएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा उठेका सुझाव सल्लाह र जिज्ञासाहरुलाई संवोधन गर्दै प्रहरी निरीक्षक गोलेले ईलाका प्रहरी कार्यालय गढवाको कार्यक्षेत्र राजपुर र गढवा गाउँपालिका तथा भारत संग सिमाना जोडीएका २४ वटै नाकाहरुमा शान्ती सुरक्षा र अमन चयन कायम गर्न आफू सदा तत्पर रहने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै उहाँले यस क्षेत्रमा भैरहेको ढुंङा, गिट्टी, वालुवा, माटो, वन्यजन्तु र वनपैदावरमा भै रहेको अनियन्त्रीत तथा अनधिकृत दोहनलाई रोक्ने तथा वन, वातावरण र जैविक विविधताको संरक्षणमा सधैव सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

    शनिवार ईलाका प्रहरी कार्यालयद्धारा गढवा गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय राजनितिक दल, संघसंस्था र पत्रकारहरु समेतलाई आमन्त्रण गरि परिचयात्मक कार्यक्रमको आयोजना गरिएको हो ।

    कार्यक्रममा गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष वालचन्द्र हमाल, नेपाली काँगे्रसका पूर्व क्षेत्रिय सभापति अनुराग यादव, जनता मावि गढवाका प्रधानाध्यापक रामसुरत यादव, वडा नं. १ का वडा अध्यक्ष बावुराम अधिकारी, वडानं. ३ का वडा अध्यक्ष तुलसीराम अधिकारी, वडानं.४ का अध्यक्ष गुलाम मोहमद जागा मुसलमान, वडा नं. ७ का अध्यक्ष राहुलदेव चौधरी, नेपाल रेडक्रस सोसाईटी उपशाखा गढवाका सभापति दिपक कुमार यादव, नेपाल कम्युनिष्ट पार्टीका विरबहादुर आले, नेपाली काँगे्रसका चन्द्रमणी आचार्य, राष्ट्रिय जनमोर्चा गढवाका अध्यक्ष कपिलदेव खनाल, समाजसेवि तेजप्रसाद न्यौपाने, मेलमिलापकर्ता नारायण पण्डित, देउखुरी टुडेका प्रकाशक सम्पादक सन्तोष कुमार गुप्ता, नेपाल पत्रकार महासंघ ५ नं. प्रदेशका पार्षद शिबराज पन्थी, रेडीयो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादव लगायतकाले बोल्नुभएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij