प्रकाशित मिति : आइतवार, जेष्ठ २७, २०७५
शिबराज पन्थी, गढवा दाङ २६ जेठ
गढवा गाउँपालिकाको सहयोग र गढवा गाउँपालिका स्तरिय माछा ब्लक संचालन समितिको आयोजनामा जेठ २५ गतेदेखि सुरु भएको ३ दिने माछापालन तालिम आईतवार एक कार्यक्रमका विच समापन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
तिन दिन सम्म चलेको तालिममा गाउँपालिकाका सबैजसो वडाहरुबाट ३३ जना माछापालक किसानहरु, कृषि प्रविधीक तथा कृषि कलेजका विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।
गाउँपालिका स्तरिय माछा ब्लक संचालन समितिका संयोजक महेशराज शर्माले तालिमको संयोजन गर्नुभएको थियो भने जिल्ला कृषि बिकाश कार्यालय कपिलबस्तुका मत्स्य बिकास अधिकृत बिष्णु प्रसाद खनालले प्रशिक्षण दिनु भएको थियो ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको समापन कार्यक्रममा गढवा गाउँपालिका कृषि बिकाश शाखाका प्रमुख प्रविण कुमार चौधरी, सहभागीहरु हेमराज अधिकारी र ईन्द्रा हमाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सफल माछापालक किसान बन्न यस तालिमबाट उत्प्रेरण मिलोस भन्दै यस क्षेत्रलाई माछा जोनको रुपमा चिनाउन माछापालक किसानलाई आव्हान गर्नुभयो ।
समापन कार्यक्रमको सञ्चालन नविन गैरेले गर्नुभएको गढवाबाट पत्रकार शिबराज पन्थीले जलजला खबरलाई जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij