बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

बाकेका मिडियाहरुको दिगो विकास र चुनौतीका विषयमा अत्तरक्रिया कार्यक्रम नेपालगंजमा सम्पन्न

  • प्रकाशित मिति : बुधबार, जेष्ठ ३०, २०७५



  • मधु पौडेल, बाँके जेष्ठ ३०

    बाँकेका मिडियाहरुको दिगो विकास र चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम नेपालगंजमा बुधबार सम्पन्न भएको छ ।
    नेपाल पत्रकार महासंघ बाकेको आयोजना तथा नेपालगंज उपमहानगर पालिकाको सहयोगमा सो अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको हो ।

    नेपालगंज उपमहानगरपालिका का मेयर डा.धवलशमशेर राणाको प्रमुख अतिथ्यमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले गरेका थिए ।

    मिडियाहरुको दिगो विकासका लागि स्थानिय सरकार तथा मिडिया घरहरुको सयुक्त प्रयासबाट मिडिया घर तथा पत्रकारहरुको विकास हुन सक्ने सहभागिले बताएका थिए ।

    नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले छलफलका लागि आधारपत्र प्रस्तुत गरेका थिए ।

    नेपाल पत्रकार महासंघ बाँके साखाका सचिव तिलक गाउँ सञ्चालन गरेको अन्तरक्रिय कार्यक्रममा नेपाल पत्रकार महासंघ बाके साखाका उपाध्यक्ष प्रदिप वाग्लेले स्वागत मन्तव्य दिएका थिए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य एवं नेपाल पे्रस युनियका उपमहा सचिव पे्रम केसी ,नेपाल पत्रकार महासंघ प्रदेश न ५ का सचिव शुक्रऋषि चौलागाई,नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष लियाकत अलि,नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगर लगाएको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij