बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

विद्युत् सेवा अवरुद्ध

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • बाजुरा, ३ असार (रासस) – बाजुराको गौमूल गाउँपालिका–२ मा रहेको तुसारीगार्ड लघुजलविद्युत् आयोजना अवरुद्ध भएको छ ।

    विद्युत्को मेशिनमा खराबी आएपछि विद्युुत् सेवा अवरुद्ध भएको विद्युत् सञ्चालक समितिले जनाएको छ ।

    विद्यत् बन्द भएपछि स्थानीय २५० परिवार अँध्यारोमा बस्न बाध्य भएका छन् ।

    विद्युत् सेवा सञ्चालनका लागि स्थानीय उपभोक्तासँग आर्थिक स्रोत अभावका कारण तत्काल सञ्चालनको सम्भावना कमै देखिएको बताइएको छ । विद्युत् स्थानीयवासीको सक्रियतामा निर्माण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij