बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

निःशुल्क स्वास्थ्य परीक्षण

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • भक्तपुर, ३ असार (रासस) – भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अभ्युदय स्वास्थ्य सेवा केन्द्र स्थापनाका अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ५६८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

    शनिबारबाट शुभारम्भ भएको स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा आयोजित शिविरमा बालरोग, नशा रोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रजनन स्वास्थ्य, जनरल स्वास्थ्य एवं दन्त परीक्षण गरिएको केन्द्रका भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    शिविरमा ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी. सेवासमेत निःशुल्क गरिएको थियो भने औषधि पनि निःशुल्क वितरण गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

    केन्द्रले आगामी दिनमा पनि ज्येष्ठ नागरिकलाई ल्याब, एक्स–रे, फिजियोथेरापी, इसिजी परीक्षणमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै आफ्नै गाउँटोलमा स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएपछि उपचार गर्न टाढा जानुपर्ने बाध्यता कम हुने उहाँले बताउनुभयो ।

    त्यसैगरी, रक्तदान कार्यक्रममा ५६ जना रक्तदाताले रक्तदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij