बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

  • प्रकाशित मिति : आइतवार, असार ३, २०७५



  • काठमाडौँ, ३ असार (रासस) । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गर्नुभएको छ ।

    विधेयक प्रस्तुत गर्दै उहाँले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको हो भन्नुभयो ।

    यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण शिवाकोटी र चक्रप्रसाद स्नेहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक सोमबार अपराह्न २ बजे बस्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij