बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

तीन ट्र्याक्टर नियन्त्रित

  • प्रकाशित मिति : बिहिबार, असार ७, २०७५



  • उर्लाबारी, मोरङ, ७ असार (रासस) ः सुन्दरहरैँचा नगरपालिका–६ र ७ का बीचमा अवस्थित गछिया खोलाबाट अवैध रुपमा ढुंगा निकाल्ने तीन ट्र्याक्टरलाई आज अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ ।

    खोलाबाट ढुङ्गा निकाल्ने को २ त ७५४९, को २ त ५४१६ र को २ त ७८४७ नं का ट्र्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij