बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मोटरसाइकलको ठक्करले एकको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५



  • खजुरा बाँके, ८ असार (रासस) । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ ।

    पसर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले पैदल यात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो ।
    गएराति ९ बजे बाटो काट्ने क्रममा मोटरसाईकलको ठक्करले गम्भीर घाईते परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
    दुर्घटनामा मोटरसाईकल चालक बासगढी ६ का ३८ वर्षीय दन्ननाथ बुढाथोकी घाइते भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij