बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

मेलमिलापका लागि दुई दिने पुर्नताजगी तालिम

  • प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५



  • मधु पौडेल, बाँके  असार ८

    विवादको साटो मेलमिलापको बाटो भन्ने सन्दर्भ जोड्दै नेपालगंज उपमहानगर पालिकाको वडा २२ पुरैनीमा दुई दिने समुदायिक मेलमिलापकर्ताहरुको लागि पुर्नताजगि तालिम शुक्रबारबाट सुरु भएको छ ।

    २०६० सालमा स्थापित सामुदायिक मेलमिलाप केन्द्रले हाल सम्म ५०० वढिको मेलमिलाप गराएको हुदाँ यसमा संलग्नहरुका लागि पुर्नताजगि तालिमको आवश्यकता परेको सामुदायिक मेलमिलाप केन्द्र जिल्ला संयोजक शिव कुमार वर्माले बताए ।

    नेपालगंज उपमहानगरपालिका वडा न २२ को आयोजन तथा सामुदायिक मेलमिलाप केन्द्र पुरैनी बाके सहकार्यमा सो तालिम सञ्चालन गरीएको छ ।

    ३० वढि सहभागि रहेको उक्त तालिममा प्रशिक्षकको रुपमा मेलमिलाप अनुगम समिति उपसमितिका सदस्य सुनिता शर्माले गर्नु भएको संयोजक वर्माले बताए ।

    वडा नम्वर २२ का अध्यक्ष विद्याराम वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रको सञ्चालन जिल्ला संयोजक वर्माले गरेका थिए भने समाजिक सदभाव युवा संजाल नेपालगंज बाकेका संयोजक एवं प्रर्यटन पत्रकार बाके साखाका सचिव मधुपौडेल ,प्रशिक्षक मेलमिलाप अनुगम समिति उपसमितिका सदस्य एवं अधिवक्ता सुनिता शर्मा,वडा अध्यक्ष विद्याराम वर्मा लगाएतले बोलेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij