प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५
मधु पौडेल, बाँके असार ८
विपद व्यवस्थापन तथा जोखिम न्युनीकरणका सम्वन्धी एक दिने अभिमुकरण कार्यक्रम नेपालगंज उपमहानगरपालिका वडा ४ मा सम्पन्न भएको छ ।

वातावरण तथा बालबालिका अधिकार संरक्षण केन्द्र नेपालगंज बाकेका आयोजना तथा नेपालगंज उपमहानगरपालिका वडा ४ को सहयोगमा गरीएको कार्यक्रममा वडाका ३० जना सहभागिहरुको सहभागिता रहेको सहभागि विरेन्द्र कुमार रावतले बताए ।
वडा न ४ का वडा अध्यक्ष मो. सफिक बेहेनाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विपद व्यवस्थापनका लागि के कस्ता उपाएहरु अपनाउन सकिन्छ र नेपालगंज नगरमा कस्ता प्रकारका विपदहरुको संभावना रहन सक्छ भन्ने विषयमा जानकारी पाएको सहभागि अस्मिता शाहले बताइन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij