बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

केन्द्रको स्थापनार्थ सामाग्री वितरण

  • प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५



  • मधु पौडेल, बाँके असार ८
    युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्र स्थापनार्थ राइजिङ आइडल बाकेको आयोजना र प्लान इन्टर नेशनलको सहयोगमा खजुरा गाउपालिकाको वडा न ४ मा रहेको युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्रलाई सामाग्री वितरण गरीएको छ ।

    बालबालिका किशोरी तथा युवा महिला क्षमता अभिबृद्धि परियोजना अन्तगर्तको कार्यक्रममा राइजिङ आइडल बाकेका कार्यक्रम अधिकृत विष्णु प्रसाद अधिकारी ले बताए ।
    खजुरा गाउपालिका वडा ४ का अध्यक्ष तिलक बहादुर सुनारको अध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथिमा खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक रहेकी थिइन ।

    राइजिङ आइडलका संस्थापक अध्यक्ष आशिष बर्माले युवाहरुलाई प्रोत्सानका लागि आफुहरुले केही कार्य गर्न पाएको अति नै खुशी भएको बताए । संस्थापक अध्यक्ष बर्माले भने,युवाहरुलाई प्रोत्साहनका लागि सबैले केही गर्नु पर्दछ जसले गर्दा युवाहरुको जोस जागरलाई अझ उर्जा दिन सकियोस ,”।

    कार्यक्रममा कम्युटर एक थान,प्रिन्टर एक थान ,साउण्ड बक्स एक थान,बस्नका लागि कुसन तथा खेलकुदका विभिन्न सामाग्रीहरु वितरण गरीएको थियो । युवा महिला रोजगारी सुचना तथा समन्वय केन्द्रका सविता ज्ञवालीले स्वागत मन्तव्य दिएकी थिइन भने कार्यक्रमको सहजीकरण राइजिङ आइडलका कार्यक्रम अधिकृत अधिकारले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij