बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

५६ बालविकास केन्द्रलाई सामग्री प्रदान

  • प्रकाशित मिति : शनिबार, असार ९, २०७५



  • खजुरा, बाँके, ९ असार (रासस) – राप्तीसोनारी गाउँपालिकाका ५४ वटा विद्यालय मातहतका ५६ वटा बालविकास केन्द्रलाई बसाइँ व्यवस्थापनका लागि सामग्री प्रदान गरिएको छ ।
    कोकाकोला फाउण्डेशन र सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबले बाढीबाट प्रभावित बालबालिकाहरुको शिक्षामा पहुँच कार्यक्रमअन्र्तगत बालमैत्री बसाइँ व्यवस्थापनका लागि सामग्रीहरु उपलब्ध गराएको हो ।

    क्लबले २८ केन्द्रलाई कार्पेट, ३२ केन्द्रलाई पि फम र ५६ केन्द्रलाई कुशन गरी कुल रु ९ लाख १६ हजार ५४३ बराबरको सामग्री उपलब्ध गराएको हो ।

    जिल्लामा बाढी प्रभावित बालबालिकाहरुको गुणस्तर शिक्षामा पहुँच पु¥याउन परियोजनामार्फत सो गाउँपालिकाका विद्यालय र बालविकास केन्द्रलाई विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो ।

    अरु ३६ वटा विद्यालयमा मर्मत सम्भारको कार्य समेत सम्पन्न गरिसकिएको क्लबका अध्यक्ष परबेज अली सिद्दिकीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij