बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

  • प्रकाशित मिति : आइतवार, असार १०, २०७५



  • भीमदत्तनगर, १० असार (रासस) – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४८३ जना लाभान्वित भएका छन् ।

    शुक्लाफाटा नगरपालिका–१२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एक दिवसीय आँखा शिविरमा १६१ जना पुरुष र ३२१ जना महिला गरी ४८३ जनाले सेवा लिएको वडा नं १२ का अध्यक्ष वाले रानाले बताउनुभयो ।

    शारीरिक तथा सामाजिक रुपमा समस्यामा रहेका ज्येष्ठ नागरिक, एकल महिला र अपांगतालाई सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरेको आँखा शिविरमा ४० वर्ष भन्दा बढी उमेर भएका सेवाग्राहीको संख्या बढी रहेको थियो ।

    शिविरमा सेवा लिनेमध्ये केही आर्थिक अभाव तथा सेवा लिन अस्पताल जान नसकेका र मोतिबिन्दुको कारणले दुवै आँखाको दृष्टि गुमाएर लामो समयदेखि कष्टकर जीवन निर्वाह गरिरहेका आँखाका रोगीले पनि सेवा पाएको वडाध्यक्ष रानाको भनाइ छ ।

    जटिल खालका बिरामीको गेटा आँखा अस्पताल कैलालीमा निःशुल्क शल्यक्रियासमेत गरिने अध्यक्ष रानाले जानकारी दिनुभयो ।
    शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधासमेत उपलब्ध गराइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij