बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

यार्सागुम्बासहित दुई महिला पक्राउ

  • प्रकाशित मिति : बुधबार, असार १३, २०७५



  • दार्चुला, १३ असार – भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आज १२० वटा यार्सागुम्बासहित दुई नेपाली महिलालाई पक्राउ गरेको छ ।

    दार्चुला सदरमुकाम खलंगाको घाट बजारस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा जाँच गर्ने क्रममा एसएसबीले बझाङको सुर्मा गाउँपालिका–२ की २४ वर्षीया रमिता बोहरा र सोही ठाउँकी १९ वर्षीय शान्ति बोहरालाई अवैध यार्सागुम्बासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।

    उनीहरु भारतको मुन्स्यारीबाट नेपाल आइरहेका थिए । पक्राउ परेका दुवै महिलालाई कागज गराई छाडिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij