बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

अवैध पेस्तोल बरामद

  • प्रकाशित मिति : बुधबार, असार १३, २०७५



  • जाजरकोट, १३ असार (रासस) – प्रहरीले भेरी नगरपालिका–३ स्यालाका ३२ वर्षीय तिलक सुनारको घरबाट अवैध पेस्तोल बरामद गरेको छ ।

    घरमा अवैध हातहतियार रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सुनारको घरमा खानतलासी लिँदा एक थान पेस्तोल, एक थान म्याग्जिन र त्यसमा लाग्ने चार थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सुनारलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दामा सात दिन म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij