बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सिलाई कटाइ तालिमको समापन

  • प्रकाशित मिति : शनिबार, असार १६, २०७५



  • मधु पौडेल, बाँके असार १६

    बाकेको जानकी गाउँपालिका वडा १ का २५ महिलाहरुले सिलाई कटाइए तालिमको समापनको अवसरमा प्रमाणपत्र सहित एक÷एक थान सिलाई मेसिन प्राप्त गरेका छन ।

    नेपाल सरकार सिमाक्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रगती महिला बहुउदेश्यीय सहकारी संस्थाको आयोजना तथा जानकी गाउँपालिका वडा न १ को सहयोगमा ४५ दिने सिलाई कटाइ तालिममा सहभागि स्थानिय महिलाहरुले सो मेसिन प्राप्त गरेका हुन ।

    सहकारीकी अध्यक्ष टंक कुमारी थापाको सभापत्विमा सम्पन्न सो समापन कार्यक्रमको प्रमुख अतिथिमा जानकी गाउँपालिका वडा १ का अध्यक्ष मो.रज्जा राई तथा विशिष्टि अतिथिमा गाउँपालिका प्रमुख राम निवास यादव रहेका थिए भने युवा संघका केन्द्रिय सदस्य किशोर थापाको उपस्थिति रहेको थियो ।

    सहकारीकी सदस्य सुनिता आलेले स्वागत मन्तव्य दिएकी थिइन भने प्रशिक्षकमा भविसरा सुनार र भिम देवी थापा रहेका थिए ।कार्यक्रमको सञ्चालन द्रोण थापाले गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij