प्रकाशित मिति : शनिबार, असार १६, २०७५
मधु पौडेल, बाँके असार १६
औध्योगिक प्रशिक्षण कार्यक्रम संचालनका लागि उद्योग व्यवसाय तथा सरोकारवालाहरुसंग जानकारी मुलक प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार नेपालगंजमा सम्पन्न भएको छ ।
दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोना र भेरी प्रविधिक शिक्षालय नेपालगंजको आयोजनामा सो अन्तरक्रिया कार्यक्रम भएको हो ।
कार्यक्रममा बाके नेपालगंमा रहेका विभिन्न उद्योगहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
विशेष गरी एसईई दिएका विद्यार्थीहरुलाई औद्योगिक प्रशिक्षण गर्दै आधारित सिकाई वा काम गर्दै सिक्दै जाने प्रक्रियाको रुपमा लैजाने उदेश्यले ल्याएइएको कार्यक्रम भएको हुदाँ प्रविधिक शिक्षा प्राप्त गर्न इच्छुक विद्यार्थीहरुले भर्ना भएको पहिलो तिन महि
ना सम्बन्धित कलेज विद्यालय वा क्याम्पसमा सैधान्तिक ज्ञान सिक्ने र बाकी समय कामको आधारमा उद्योगमा गएर काम सिक्ने व्यवास्था रहेको छ ।
उद्योग व्यवसायहरु ,तालिम लिनेहरु,तालिम प्रदान गर्ने संस्थाहरु र औद्योगिक प्रशिक्षकहरु प्रमुख सञ्चालकको रुपमा रहने कार्यक्रमलाई पुर्णतया प्राविधिक शिक्षाको लागि गुरुकुल शिक्षाको मोडलमा रहेको भेरी प्राविधिक शिक्षालय नेपालगंजका उप प्रमुख पारस खड्काले बताए ।
कार्यक्रममा उद्योगी व्यवसायीहरुको तर्फबाट अंकुर ट्याप एवंम भल्व इन्डस्ट्रिजका सञ्चालक एवं प्राध्यापक अशोक वस्नेत,भेरी प्राविधिक शिक्षालय नेपालगंज प्रमुख भिमकान्त लामिछाने, नेपालगंज उपमहानगरपालिका अध्यक्ष बुद्धि सागर सुविदे लगाएतले बोलेका थिए भने दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाका कार्यक्रम संयोजक कुशमाकर भट्टले कार्यक्रमको बारेमा प्रस्तुती गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij