बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

कमलरी जीवनको प्रस्तुति

  • प्रकाशित मिति : आइतवार, असार १७, २०७५



  • काठमाडौँ, १७ असार (रासस) – ‘फ्रिडम फ्रम फियर’ अवार्डबाट सम्मानित उर्मिला चौधरीले ११ वर्षका उमेरबाट कमलरी जीवनमा भोग्नुपरेको हिंसा, दमन, विभेददेखि दासतामुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनुभव, भोगाइ, सिकाइबारे आज प्रस्तुति दिनुभएको छ ।

    विवेकशील साझा पार्टीले आजदेखि सो शृङ्खला सञ्चालनमा ल्याएको पार्टीको सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुखसमेत रहनुभएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

    पार्टीका संयोजक रवीन्द्र मिश्रले समनताविनाको समृद्धि दिगो हुन नसक्ने बताउनुभयो । अर्का संयोजक उज्ज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिनुभयो । शृङ्खलाको दोस्रो प्रस्तुति आगामी साउन दोस्रो साता हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij