बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

नदीमा डुबेर दुई बालकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, असार २०, २०७५



  • कैलाली, २० असार, ९रासस०- कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

    स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिनुभयो ।

    नदीको पानीको सतह बढेका कारण पौडी खेल्ने क्रममा मुत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताउनुभयो । मृतक दुवै बालकको शव परीक्षणमा लागि सेती अञ्चल अस्पताल, धनगढी पु¥याइएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij