बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

जुफाल विमानस्थल सञ्चालनमा आयो

  • प्रकाशित मिति : बुधबार, असार २०, २०७५



  • त्रिपुराकोट, डोल्पा, २० असार (रासस) – हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । लगातारको वर्षाका कारण चार दिनदेखि उक्त विमानस्थल अवरुद्ध भएको थियो ।

    वर्षाका कारण बादल र कुहिरोले अवरुद्ध रहेको नेपालगञ्ज–डोल्पाको हवाई मार्गमा बादल फाटेर आकाश खुलेपछि विमान सञ्चालन भएको जुफालस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयले जनाएको छ ।

    आज समिट एयरले एउटा उडान गरे पनि तारा, सीता र नेपाल एयरलाइन्सले भने उडान गरेनन् । समिट एयरलाइन्सले एउटा उडान गरे पनि विमानस्थलमा यात्रुको चाप भने दिनप्रतिदिन बड्दै गएको तारा एयरका कर्मचारी देवेन्द्र शाहीले जानकारी दिनुभयो ।

    लगातार वर्षाका कारण दैनिक हवाइ उडान अवरुद्ध हुन थालेपछि कतिपय सर्वसाधारण समयमै गन्तव्यसम्म पुग्न जोखिम मोल्दै पैदलयात्रा तय गर्न बाध्य भएको पनि उहाँले बताउनुभयो ।

    जुफाल विमानस्थलमा तारा, समिट, नेपाल वायुसेवा निगम लगायतका सरकारी तथा निजी विमान कम्पनीले उडान भर्दै आएका छन् ।
    डोल्पा सदरमुकाम दुनै अझैपनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएकाले जिल्ला बाहिर आवतजावत गर्नेदेखि दैनिक उपभोग्य वस्तुको ढुवानीका लागि समेत हवाईजहाजकै भर पर्नुपर्ने बाध्यता यथावत छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij