आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वाफियामा माफियाको खेल, एमाले सांसद्का कारण वाफिया अलपत्र

  • प्रकाशित मिति : शुक्रबार, अशोज २१, २०७३



  • काठमाडौं । नेपाल राष्ट्र बैंकबाट मस्यौदा भएर गएको विधेयक नै आउनुपर्नेमा सबैको मत रहे पनि बैंक तथा वित्तीय संस्थाहरूको अध्यक्ष र सञ्चालकसमेत रहेका केही सांसदको अवरोधका कारण बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया) अलपत्र परेको छ । एमालेका सांसद तथा बैंकका लगानीकर्ताका कारण सो विधेयक अलपत्र परेको हो ।

    सो विधेयक अलपत्र पार्नेमा एमालेका सांसद रहेका सांसद विरेन्द्रकुमार महत्तो , काँग्रेस सांसद उदयशम्सेर राणा, उदय नेपाली श्रेष्ठको स्वार्थमा अर्थ समितिका सभापति प्रकाश ज्वाला समेत परेका कारण विधेयक अड्किएको हो ।

    दसैंअघि नै सो विधेयक सदनमा पेस गर्ने तयारी गरिएपनि ती सांसदहरूले चलखेल गरेका कारण रोकिन पुगेको केन्द्रीय बैंकका अधिकारीले बताएका छन् । यसअघि व्यवस्थापिका–संसदको अर्थ समितिले पूर्ण सदनमा सो विधेयक पेस गरे पनि चौतर्फी रूपमा विरोध आएपछि पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुनः छलफलका लागि समितिमै फिर्ता पठाएका थिए । तर पौडेलको नियत भने बैंक सञ्चालकको योजनामा नै काम गर्ने रहेको थियो । चौतर्फी विरोध भएपछि मात्रै उनले समितिमा नै फिर्ता पठाउन वाध्य भएका थिए ।

    तर, करिब तीन महिनासम्म समितिमा अड्किएपछि बाफियाबारे पुनः छलफल अगाडि बढेको थियो । समितिले पूर्वगभर्नर र बैंक तथा वित्तीय संस्थाहरूका सरोकार भएका व्यक्तिसँग आवश्यक परामर्श गरेर विधेयकमा संशोधन गरी सदनमा पेस गर्ने अपेक्षा गरिएको थियो । तर, समितिले पूर्वगभर्नर र बैंक तथा वित्तीय संस्थाका स्टेकहोल्डरहरूसँग छलफल गरेको दुई हप्ता बित्न लाग्दासमेत विधेयकबारे कुनै टुंगो लाग्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij