मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नियमित सरसफाई नहुदा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा फोहोर बढ्दै

  • प्रकाशित मिति : मङ्लबार, साउन २५, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरी सरसफाई अभियानले निरन्तरता नपाएपछि अहिले सदरमुकाममा दिनानुदिन फोहोर थुप्रिदै गईरहेको छ । यसअघि प्रत्येक हप्ताको आईतबार सल्लेरी सरसफाई गरिदै आएका थियो तर करिब ८ महिना भन्दा अघिदेखी उक्त अभियान निष्क्रीय भएको हो ।

    तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा जिल्लाका क्रियाशिल राजनैतिक दल, स्थानिय नगरवासी तथा अन्य सरकारी कर्मचारी मिली प्रत्येक हप्ताको आईतबार सरसफाई गरिदै आएको थियो ।

    तत्कालीन सोलुखुम्बुका प्रजिअ ढकाल सरुवा भई अन्यत्र जिल्ला जानुभएसंगै यो अभियान ठप्प भएको हो । सदरमुकाम सरसफाई अभियानले २८ हप्तासम्म मात्र निरन्तरता पाएको जिल्ला खानेपानी तथा सरसफाई सव डिविजन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    अहिले सदरमुकामको खोला खोल्सीहरुमा जताततै फोहोर थुप्रीएका छन् । जिल्लाको सदरमुकाम सल्लेरीदेखि काठ्मान्डौ जोड्ने मुख्य सडकको आसपासलमा सबैभन्दा बडि फोहोर थुप्रिएको स्थानीयहरु बताउछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij