आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस महासमिति बैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

  • प्रकाशित मिति : आइतवार, पुस १, २०७५



  • नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ।

    कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको हो।

    काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई आइतबार बुझाउने तयारी गरेका छन्।

    ‘जनतालाई सदैव सार्वभौम मान्ने हामी लोकतन्त्रवादीले धर्मका विषयमा बहुसंख्यक जनताको मागलाई सम्बोधन गर्न सकेनौं भने हामी लोकतान्त्रिक पार्टी कसरी हुन सक्छौं?,’ हस्ताक्षर संकलन गर्ने ठाउँमा राखिएको प्रचार सामग्रीमा लेखिएको छ, ‘नेपाललाई सनातन हिन्दु राष्ट्रका रूपमा अंगिकार गर्ने गरी पार्टीको विधान र संविधान संशोधन हुनुपर्छ। यसका लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ भन्दै महासमिति सदस्यको हस्ताक्षर गरेका छौं।’

    तीन सय बढी महासमिति सदस्यले उक्त अभियानमा हस्ताक्षर गरेको सिंहले जानकारी दिए। महासमिति बैठकमा एजेन्डा उठान गर्न २५ प्रतिशत अर्थात् चार सय जनाको हस्ताक्षर चाहिने सिंहले बताए।

    ‘चार सय जनाको हस्ताक्षर संकलन गरेपछि हिन्दु राष्ट्रबारे छलफल गर्न बैठकमा एजेन्डा लैजान मिल्छ,’ उनले भने, ‘संकलित हस्ताक्षर सकेसम्म पार्टी सभापतिलाई नभए सचिवालयमा दर्ता गर्छौं।’

    हिन्दु धर्मबारे जनमत संग्रह गर्नुपर्ने बताउने गरेका महामन्त्री शशांक कोइरालाले शनिबार महासमिति बैठक उद्घाटन समारोहमा धर्मबारे केही बोलेनन्। कांग्रेसको राजनीतिक दस्तावेजमा पनि संविधानअनुसार देश धर्मनिरपेक्ष नै रहेको उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij