मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या वृद्धि

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • कञ्चनपुर – महाकाली अञ्चल अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

    दैनिक अस्पतालमा उपचारका लागि पुग्ने गरेका बिरामीमध्ये सत्तरी प्रतिशतभन्दा बढी बिरामी भाइरल ज्वरोका रहने गरेका छन् । दैनिक सयभन्दा बढी भाइरल ज्वरोका बिरामी अस्पताल पुग्न थालेको अस्पतालका सुपरिन्टेन्डेन्ट श्रीराम तिवारीले बताए।

    ओपिडी, इमरजेन्सी र जनरल वार्डमा भाइरल ज्वरोका बिरामी भर्ना भएर उपचार गराइरहेको उनले बताए । वर्षा सुरु भएसँगै भाइरल ज्वरो र पखालाका बिरामी बढेको उनले बताए ।

    “दूषित पानीको प्रयोग र व्यक्तिगत सरसफाइमा कमीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको छ”, उनले भने । भाइरल ज्वरोका कारण बिरामीमा हनहन्ती ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने र हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या रहेको छ ।

    यसैगरी, ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा उपचारका लागि पुग्ने अधिकांश बिरामीमा समेत पखाला र भाइरल ज्वरोको समस्या देखापरेको छ । स्वास्थ्य चौकीमा पुग्ने अधिकांश बिरामीमा भाइरल ज्वरोका बिरामी अधिक रहेको पिपलाडी स्वास्थ्य चौकीका अहेव चेतराज भट्टले बताए । उनका अनुसार भाइरल ज्वरोका दैनिक सत्तरीभन्दा बढी बिरामी स्वास्थ्य चौकी पुग्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij