आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एउटै बोटमा फल्यो एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो !

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • धनकुटा । धनकुटाका एक कृषकले एउटै बोटवाट एक लाख रुपैंयाँ भन्दा बढीको एभोकाडो बेचेका छन् ।

    धनकुटा नगरपालिका वडा नम्बर ४ स्कुल डाँडाका कृषक राजकुमार तामाङ्गको बारीमा लगाएको करिब २५ वर्षे पुरानो बोटमा एक लाख रुपैंयाँभन्दा बढिको एभोकाडो फलेको हो ।

    उनको यस बोटमा करिब १० क्विन्टल भन्दा बढी एभोकाडो फलेको छ । अहिले कृषकले बारीमै प्रतिकिलो १ सय ५० रुपैंयाँभन्दा बढी पाउने गरेका छन् ।

    यसरी यस बोटबाट करिब एक लाख पचास हजार रुपैंयाँ आम्दानी हुन्छ । गत बर्ष नै तामाङले यस बोटको फल एक लाख रुपैंयाँमा ठेक्का लगाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij