शुक्रबार, मंसिर ५, २०८३ | Friday 20th November 2026

बराह सहकारीको १० अर्ब ७३ करोड अपचलन आरोपमा संस्थापकसहित दुई पक्राउ

  • प्रकाशित मिति : बिहिबार, मंसिर ४, २०८३



  • काठमाडौँ । धरान उपमहानगरपालिकास्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा ठगी गरेको आरोपमा संस्थाका संस्थापकसहित दुई जना पक्राउ परेका छन्। बुधबार नेपाल–भारत सीमावर्ती क्षेत्रबाट धरान–१२ घर भई काठमाडौँ महानगरपालिका–२२ बस्दै आएका ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र धरान–१५ निवासी ३३ वर्षीया अस्मिता भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

    कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। पक्राउ परेका विश्वकर्मा सहकारीका संस्थापक हुन् भने भण्डारी सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालय सदस्यका रूपमा कार्यरत थिइन्।

    सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कुल १७ हजार १० जना बचतकर्ता पीडित बनेका छन्। शङ्कर थापासहित ४ हजार २ सय ४३ जना पीडितको जाहेरीका आधारमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९ सय १३ रुपैयाँ बिगो दाबीसहित उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीसँग आबद्ध गर्दै नेपालभर ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरी विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरिएको आरोप लागेको छ। पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बराह सहकारीको १० अर्ब ७३ करोड अपचलन आरोपमा संस्थापकसहित दुई पक्राउ
    दल त्याग गरेका जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
    राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
    DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई
    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij