प्रकाशित मिति : मङ्लबार, मंसिर २, २०८३
काठमाडौँ / प्रहरी महानिरीक्षकबाट हटाइएपछि सर्वोच्च अदालतमा रिट निवेदन दिएका दानबहादुर कार्कीको मुद्दाको पेशी मंगलबार तोकिएन ।
यसअघि रिट निवेदन दर्ता हुँदा सोमबारका लागि पेशी तोकिएको थियो। तर, सरकारले छठ पर्वको अवसरमा सार्वजनिक बिदा दिएका कारण मंगलबारको सुनुवाइ हुन नसकेको हो। त्यसपछि मंगलबार पेशी तोकिने भनिए पनि सार्वजनिक बिदा परेका कारण निवेदकले तारिख लिन नपाएपछि मंगलबार गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया नपुगेको बताइएको छ।
कार्कीका कानून व्यवसायी टीकाहादुर कुँवरका अनुसार मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएर नयाँ तारिख लिइनेछ। उनले भने, ‘त्यसपछि मात्रै सुनुवाइ कहिले हुने भन्ने बारेमा जानकारी हुनेछ।’
बालेन्द्र शाह नेतृत्वको सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकबाट बर्खास्त गर्दै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । त्यसविरुद्ध कार्कीले अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । लगातारको बिदा र प्रक्रियागत कारणले सुनुवाइ केही समयका लागि धकेलिएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij