शुक्रबार, मंसिर ५, २०८३ | Friday 20th November 2026

दल त्याग गरेका जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त

  • प्रकाशित मिति : बिहिबार, मंसिर ४, २०८३



  • काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालका तर्फबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ। पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत कार्य गरी दल त्याग गरेको व्यहोरासहित जसपाको केन्द्रीय समन्वय समितिको निर्णय प्राप्त भएपछि आयोगले बिहीबार (मङ्सिर ३ गते) सूचना प्रकाशन गरी ती पद रिक्त भएको सार्वजनिक गरेको हो।

    राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम मङ्सिर २ गतेदेखि लागू हुने गरी उनीहरूको पद रिक्त हुने निर्णय गरिएको आयोगले स्पष्ट पारेको छ।

    आयोगको सूचनाअनुसार पद रिक्त हुने जनप्रतिनिधिहरूमा सिराहाको लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानन्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतो छन्। यस्तै, पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष सञ्जय कुमार पटेलको पद पनि रिक्त भएको छ।

    त्यसैगरी, खोटाङको जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगा धन राईको पद गुमेको छ। सोही वडाका महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गीता विक, वडा सदस्यद्वय रामधन राई र शहर मनी राई तथा नगरकार्यपालिका सदस्य वीरेन्द्र कुमार दर्नालको पदसमेत स्वतः रिक्त भएको आयोगले जनाएको छ।

    यसका साथै, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बाल चन्द्र राई, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्र बहादुर राई, इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ र सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडिलाल कौडगियाको पद पनि रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बराह सहकारीको १० अर्ब ७३ करोड अपचलन आरोपमा संस्थापकसहित दुई पक्राउ
    दल त्याग गरेका जसपाका १८ स्थानीय जनप्रतिनिधिको पद रिक्त
    राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
    DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई
    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij