बिहिबार, मंसिर ४, २०८३ | Thursday 19th November 2026

राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ

  • प्रकाशित मिति : बुधबार, मंसिर ३, २०८३



  • काठमाडौँ । नक्कली मूल्य अभिवृद्धि कर (मूअकर) बिजक प्रयोग गरी कारोबार गरेको राजस्व चुहावट मुद्दामा कैद र जरिवाना तोकिएका गुलसन श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेको छ ।

    रौतहटको गरुडा नगरपालिका-१ का ३३ वर्षीय श्रीवास्तवलाई पर्साको वीरगन्ज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।

    उच्च अदालत पाटनले श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तोकेको थियो । राजस्व अनुसन्धान विभागको प्रतिवेदनका आधारमा चलेको मुद्दामा श्रीवास्तव सञ्चालक रहेका पाँच फर्मबाट झुटा तथा नक्कली मूअकर बिजक जारी गरी कारोबार गरेको ठहर भएको सीआईबीले जनाएको छ ।

    सजाय भुक्तान नगरी फरार रहेका श्रीवास्तवलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सीआईबीको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    राजस्व चुहावटमा ५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद तोकिएका श्रीवास्तव पक्राउ
    DSP हरि बस्नेतलाई दमकबाट भव्यताका साथ विदाई
    वित्तीय अपराध अनुसन्धानमा सबै सरोकारवाला निकायहरूको प्रभावकारी र परिणाममुखी समन्वय अपरिहार्य- IGP डा. मनोज कुमार केसी
    DIGP दिपेन्द्र जिसीद्वारा पर्वत प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन
    कार्कीको रिट निवेदनमा मंगलबार तोकिएन पेशी
    सभापति लामिछानेद्वारा मुजेलियाको छठघाटमा पूजा आराधना
    कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा
    जनकपुरमा टिपरको ठक्करबाट स्कुटर चालक युवकको मृत्यु
    देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा रुपन्देहीबाट थप तीन जना पक्राउ
    उपत्यकामा ५१२ जना सवारी चालक कारबाहीमा, मापसे गर्ने बढी

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij