शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नविल बैंकले २०७३ साउन मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ

  • प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३



  • बर्षात ओली काठमाडौं, २८ साउन । नविल बैंकले २०७३ साउन मसान्तसम्ममा २ अर्ब ८२ करोड नाफा कमाएको छ । यो नाफा नविलले २०७२ साउन मसान्तसम्म कमाएको भन्दा ७६ करोडले बढि हो । नविलले २०७२ असार मसान्तसम्म जम्मा २ अर्ब ९ करोड नाफा कमाएको थियो ।
    logo
    ४ अर्ब ७५ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ५९ करोेड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९ रुपैंयाँ ३२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २६० रुपैंयाँ रहेको छ ।

    नविलले २०७३ असार मसान्तसम्ममा एक खर्ब १० अर्ब निक्षेप संकलन गरेर ७७ अर्ब ७३ करोड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकको खराब कर्जा एक दशमलब १४ प्रतिशत रहेको छ । बैंकले ६ अर्ब १७ करोड ब्याज आम्दानी गरेर एक अर्ब ८२ करोड मात्रै ब्याज खर्च गरेको छ ।

    यसैबिच हिमालयन बैंकले पनि आफ्नो नाफा दुई अर्ब नजिक पुर्याएको छ । बैंकले २०७३ असार मसान्तसम्म एक अर्ब ९१ करोड नाफा कमाएको छ । यो नाफा बैंकले २०७२ असार मसान्तसम्ममा कमाएको भन्दा ८० करोडले बढि हो । सो अवधीमा बैंकले जम्मा एक अर्ब ११ करोड नाफा कमाएको थियो ।

    ४ अर्ब ४९ करोड चुक्ता पुँजी रहेको हिमालयन बैंकको जगेडा कोषमा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ५८ पैसा छ भने प्रति सेयर नेटवर्थ १९७ रुपैंयाँ २५ पैसा रहेको छ ।

    बैंकले खराब कर्जाको दरलाई ३ दशमलब २२ प्रतिशतबाट घटाएर एक दशमलब २३ प्रतिशतमा झारेको छ । बैंकले ८७ अर्ब ३२ करोड निक्षेप संकलन गरेर ६९ अर्ब १० करोेड कर्जा तथा सापटी प्रवाह गरेको छ । बैंकले ४ अर्ब ९७ करोड ब्याज आम्दानी गरे एक अर्ब ५६ करोड ब्याज खर्च गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij