शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बिर्तामोडमा आगलागी, दुई करोडभन्दा बढीको क्षति

  • प्रकाशित मिति : बुधबार, भदौ १, २०७३



  • झापा । झापाको बिर्तामोडस्थित कृषि थोकबजारमा आज बिहान आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा बजारका १० वटा फेन्सी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए।

    आगलागी बिहान ५:३० बजेदेखि सुरु भएको थियो । आगलागीका कारण झन्डै रु दुई करोड मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    आगलागी स्थानीयवासी, प्रहरी र बिर्तामोड नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मिनी मार्केटभित्र आगलागी भएका कारण क्षतिको विवरण बढ्न सक्ने प्रहरी नायब उपरीक्षक खत्रीले बताए।

    आगलागीका कारण घनश्याम अधिकारी, कृष्ण साह लगायतले सञ्चालन गरेको पसल जलेको बताइएको छ । आगलागीबाट थप क्षति हुन नदिन प्रहरीले अन्य पसलका सामग्री भने सुरक्षित स्थानमा निकालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij