शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ग्याजेट र इन्टरनेटको सुविधा हुन सके दुई मिनेटमै पाठ्यपुस्तक सित्तैमा उपलब्ध

  • प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३



  • काठमाडौं–गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् ।

    ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ । पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक तथा विद्यार्थीले आफूलाई चाहेको शैक्षिक सामग्री औँलाले थिचेका भरमा तत्काल प्राप्त गर्न सक्ने छ् ।

    यस्तो सुविधाबाट पाठ्यसामग्री प्राप्त गर्न एनरोइड सुविधा भएको मोबाइल फोन वा ट्याब्लेट आवश्यक छ । आईफोन वा आईप्याडमा भने यस्तो सुबिधा उपलब्ध हुन केही प्रतीक्षा गर्नुपर्ने केन्द्रको भनाइ छ ।

    विनाविभागीय मन्त्री डीआर पौडेलले अब झोला बोकेर विद्यालय जाने प्रचलन हट्नुपर्छ र ग्याजेट बोके पुग्छ भन्दै थपे, ‘विद्यालय जाँदा झोला बोक्ने परिपाटी विश्वमै हट्दैछ । अब हामीहरूले पनि अनिवार्य रूपमा पाठ्यपुस्तकका ठेली बोकेर विद्यालय जानुपर्ने बाध्यताबाट विद्यार्थीलाई मुक्त गराउनै पछर् ।’

    डाटाबाट एप्स डाउनलोड गर्दा सुरुमा बढीमा तीन रूपियाँ खर्च लाग्छ । केन्द्रले एप्समा थप सामग्री समावेश गर्दै जाने योजना बनाएको छ र डाउनलोड गरेपछि एप्स अटोअपडेट हुने सुविधा बनाइएको छ ।

    केन्द्रले हाल कक्षा १ देखि १० सम्ममा पाठ्यक्रमलाई एप्समा राखेको छ । त्यस्तै कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तकलाई पनि डीसीसीनेपाल एप्समा राखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij