प्रकाशित मिति : सोमवार, भदौ ६, २०७३
बगदाद – बगदादतको उत्तरी भागमा रहेको किरकुकमा एक १२ वर्षीय बालकलाई आत्मघाती विस्फोट गराउनबाट सुरक्षाकर्मीले रोक्न सफल भएको भिडियो सार्वजनिक भएको छ ।
करिब १२–१३ वर्षका ती बालकले आफ्नो शरीरमा विस्फोटक बाँधिएको ‘सुसाइड भेस्ट’ लगाएका थिए । तर, उनले त्यसलाई विस्फोट गराउनुभन्दा पहिले नै सुरक्षाकर्मीले पक्राउ गर्न सफल भएका छन् ।
लियोनेल मेस्सीको बार्सिलोनाको जर्सी लगाएका ती बालक पक्राउ परेपछि रुँदै गरेको देख्न सकिन्छ । पछिल्लो समय इस्लामिक स्टेटले बालबालिकाहरुलाई आत्मघाती विस्फोटका लागि प्रयोग गर्न थालेका छन् ।
यो घटनाको २४ घण्टाअघि मात्र बालकलाई प्रयोग गरेर टर्कीमा भएको आत्मघाती हमलामा कम्तिमा ५१ जनाको निधन भएको थियो । एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले जानकारी दिएका छन् ।
हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रारम्भिक सूचनाअनुसार यो बम विस्फोटमा संलग्न एक बालक रहेको र उसको उमेर १२ देखि १४ वर्षको रहेको पाइएको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij