आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आज विश्व स्तनपान दिवस,विभिन्न कार्यक्रम गरि मनाइँदै

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • काठमाडौं,१७ साउन—आज अगस्ट १ अर्थात विश्व स्तनपान दिवस देशभर विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइदै छ ।  स्तनपान दिगो विकासको प्रमुख आधार भन्ने नाराका साथ आजदेखि विश्व स्तनपान सप्ताह सुरु भएको छ । दिवसका अवसरमा विश्वभर नवजात शिशुको स्वास्थ जीवनका लागी स्तनपानको महत्व बारेको चेतनामुलक कार्यक्रमहरु आयोजना गरिएका छन् ।

    विश्व स्वास्थ्य संगठन ध्ज्इ, युनिसेफ तथा स्तनपानको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाको आव्हानमा प्रत्येक बर्ष अगस्ट १ तारिखबाट एकसाता स्तनपान सप्ताह मनाउने गरिन्छ । सन् १९९२ बाट स्तनसम्बन्धी यो सप्ताह मनाउन थालिएको हो ।

    सप्ताहमा विश्वभर स्तनपान, यसको तरिका, स्तनपानकालागि बच्चाको उमेर, आमा र बच्चाको जिवनमा स्तनपानको महत्व र यसका फाइदा बारे चेतना जगाउन विविध कार्यक्रम गरीन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij