प्रकाशित मिति : सोमवार, साउन १७, २०७३
एजेन्सी,१७ साउन— अफगानिस्तानको राजधानी काबुलमा फेरि विदेशी नागरिकलाई लक्षित गर्दै बम आक्रमण भएको छ । विदेशीहरु बस्ने एक घरको कम्पाउन्डमा लरी बम विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् ।
विस्फोटमा चार जनाको संलग्नता रहेको आशंका गरिएको छ । तालिवानले घटनाको जिम्मेवारी लिएको छ । बम विस्फोट गराएलगत्तै गोलीको चलेको आवाजसमेत सुनिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij