आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारत जान परिचयपत्र अनिवार्य

  • प्रकाशित मिति : सोमवार, साउन १७, २०७३



  • बैतडी । भारत जाने नेपालीले अबदेखि परिचयपत्र अनिवार्यरुपमा लैजानुपर्ने भएको छ ।

    भारतमा साउन ३१ गते मनाइने गणतन्त्र दिवसलाई मध्यनजर राखेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि परिचयपत्र अनिवार्य गरिएको हो ।

    बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ ।

    भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएर मात्र जान भनिएको जिप्रका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    भारतीय सीमावर्ती बजार झुलाघाट, धार्चुला, पिथौरागढसम्म परिचयपत्र आवश्यक नपरे पनि दिल्ली मुम्बईलगायतका ठाउँमा जाने नेपालीले अनिवार्य परिचयपत्र लिएर मात्र जान प्रहरीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij