शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बागवानी केन्द्र फाप्लुको राजश्व बढ्यो

  • प्रकाशित मिति : बिहिबार, साउन २०, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । जिल्ला बागबानि केन्द्र फाप्लू सोलुखुम्बुले लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०७१/७२ को तुलनामा ७२/७३ मा लक्ष्य भन्दा बढि राजश्व संकलन गर्न सफल भएको हो ।  आर्थिक वर्ष ७२÷७३ मा कार्यालयले ७३ हजार १ सय २० रुपैया १४ पैसा बढि राजश्व संकलन गरेको बागबानि केन्द्र फाप्लूका निमित्त केन्द्र प्रमुख मिन प्रसाद पराजुलिले जानकारी दिनुभयो ।
    कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा ५ लाख ८५ हजार २ सय ८७ रुपैयाँ राजश्व संकलन भएको थियो भने आर्थिक वर्ष ७२/७३ मा ६ लाख ५८ हजार ४ सय ७ रुपैया १४ पैसा राजश्व संकलन भएको छ । यो आर्थिक वर्ष २०७१/७२ भन्दा १२.५० प्रतिशतले बढि हो । निमित्त केन्द्र प्रमुख पराजुलिका अनुसार फलफूल र विभिन्न जातका बेर्नाको बिक्रि बढि भएका कारण यो वर्ष राजश्वमा बृद्धि भएको हो ।
    यस्तै चालु आर्थिक वर्ष ७३/७४ मा कार्यालयले १५ हजार भन्दा बढि राजश्व संकलन गरीसकेको छ ।
    यसैबिच बागबानि केन्द्र फाप्लूमा श्रावण १ गतेदेखि आजसम्म करीव ३ सय जनाले अवलोकन तथा भ्रमण गरेका छन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij