आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अस्ट्रेलियाले चिकित्सकलाई भिषा नदिने

  • प्रकाशित मिति : बुधबार, साउन २६, २०७३



  • एजेन्सी । विदेशी डाक्टर र स्वास्थ्यकर्मीले अस्ट्रेलियामा काम गर्नका लागि भिषा अनुमति नपाउने भएका छन् । देशमै पढेका चिकित्सकको कार्य क्षेत्रमा अभावदेखिएपछि अस्ट्रेलियाको स्वास्थ्य विभागले यस्तो निर्णय गरेको हो ।

    आप्राबासी चिकित्सकको भिषा अनुमति नरोकेमा अस्ट्रेलियामै पढेका चिकित्सकले जागिर पाउन कठिन हुने विभागको तर्क छ । अहिले हजारौं विदेशी चिकित्सक अस्ट्रेलियाको भिषा लिने तयारीमा छन् ।

    जनरल प्राक्टिसर्नस, रेसिडेन्ट मेडिकल अफिसर, सर्जन र एनाथेटिस्टसहित विभागले ४१ ओटा स्वास्थ्य सम्बन्धी भूमिका स्किल अकुपेसन लिस्ट बाट हटोस भन्ने चाहन्छ, ताकी अस्ट्रेलियाली ग्रामिण क्षेत्रमा अस्ट्रेलियाली चिकित्सकको माग बढोस् ।

    त्यसो त निर्वाचन अगाडि विदेशी चिकित्सकलाई दिइने भिषासम्बन्धी सुझाबलाई टर्नबुल नेतृत्वको सरकारले अस्वीकार गरेको थियो । आगामी वर्षसम्म चिकित्सकको जनशक्तिमा वृहत सुधार ल्याउने स्वास्थ्यमन्त्री सुसान लेले बताए ।

    विदेशी चिकित्सकलाई अस्ट्रेलिया काम गर्न विभागले ल्याउन लागेको कडाईलाई अस्ट्रेलियाको मेडिकल एशोशियन ग्रामिण चिकित्सक संघलले स्वागत गरेको छ । स्थानीय चिकित्सक  बोनस र सहयोगका लागि समेत आव्हान गरेको छन् ।

    चिकित्सकको संख्यालाई कटौती गर्ने गलत प्रयत्नपछि टर्नबुलपछिको सरकारले नयाँ मेडिकल विद्यालयलाई पर्याप्त रकम र स्नातक संख्या छुट्टाएको छ । स्किल अकुपेसन लिस्टको पछिल्लो समिक्षामा (प्रकाशन गर्न बाँकी)मा स्वास्थ्य विभागले अस्टे«लियामा तालिम प्राप्त चिकित्सक सरकारले ल्याएको नयाँ प्रणालीको पालना गरेको जनाएको थियो ।

    ‘अस्ट्रेलियाको स्वास्थ्य प्रणालीमा कोष, नीति र कार्यगत जिममेवारीको  जटिल विभाजन छ,’ विभागले भनेको छ,, ‘अझै पनि अस्ट्रेलिया विदेशका स्वास्थ्य व्यवसायीमा निर्भर छन् । ’

    ‘आप्राबासलाई छोटो अवधिको व्यबस्थापन रणनीतिको रुपमा उपयोग गरिएको छ. । वदेशी स्वास्थ्य व्याबसायीलाई बृहत योजनासहितको आप्राबासको उचित व्याबस्थापन ल्याउनुपर्छ,’ विभागले भनेको छ ।

    २०१६-०१७ स्किल अकुपेसन लिस्टबारे समिक्षा गर्न र सम्पूर्ण मेडिकल अकुपेसनलाई हटाउन यसै वर्षमात्र स्वास्थ्य विभागले  शिक्षा तथा तालिम विभागलाई अनुरोध गरेको थियो ।

    स्वास्थ्य विभागले विदेशबाट आएका जनरल प्राक्टिसर्नस, रेसिडेन्टल मेडिकल अफिर्सस, सर्जन र एनाथेटिस्ट लगायतलाई हटाउन शिक्षा विभागलाई अनुरोध गरेको थियो ।

    शिक्षा विभागले यस विषयमा अध्ययागमन मन्त्रालयलाई सुझाब दिएको थियो । अध्यागमन विभागका अनुसार मार्चको अन्त्यसम्ममा अस्टेलियाको भिसा लिएर २१५५ जनरल प्राक्टिनर्स र १५६२ रेसिडेन्ट मेडिकल अफिसर त्यहाँ कार्यरत छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij