प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३
बाबुलाल बुढा , साउदी अरब । बैदेशिक रोजगारीको शिलशिलामा बि.स. २०७० श्रावण ५ गते साउदी अरबमा पुगेका कुशा देबि -२ घिमिरे गाउँ काभ्रे नेपालका रामचन्द्र तिमिल्सिना ड्राईभरको रुपमा कार्यरत साउदी अरबको जाबिराह हायल नामक एउटा सिमेन्ट कम्पनीमा कार्यरत थिए ।
रामचन्द्रको बयान अनुसार आफुले चलाउने गाडी संग एउटा मालबाहक गाडी ठोक्किदा कारमा सवार गर्ने एक जना पाकिस्तानी नागरिकको घटना स्थलमै मृत्यु भएको थियो ।
उक्त घटनाको दोषी रामचन्द्रलाई अत्याधिक मदिरापान सेबन गरेर बिपरित बाटो जाँदै गर्दा गाडी ठोक्काएर मान्छे मारेको ठहर गर्दै उनलाई ९ महिना देखि साउदीको हायल भन्ने केन्द्रिय कारागारमा राखिएको छ ।
रामचन्द्रलाई हाल मृतक पाकिस्तानी को परिवारले ब्लडमनी साउदी रियल ३,००००० (तिन लाख )मागे ता पनि पाकिस्तानी वकिल मुनिर अब्बासका अनुसार ४५.दिन भित्र १,२००००(एकलाख बीस हजार )साउदी रियल बुझाएमा पीडित परिवारले लगाएको केश फिर्ता लिने ब्यहोरा जानकारी गराएका छ्न उक्त रकम जुटाउन रामचन्द्र परिवालाई गाह्रो भएको हुदा रामचन्द्रलाई बचाउन विभिन्न देशबाट आर्थिक संकलन गर्ने अभियान शुरु गरिएको छ सो अभियानमा ।
हाम्रो नेपाली जनप्रगतिशिल मन्च साउदीले पनि सहयोगको लागि ऐक्यबद्धता जनाउदै सम्पुर्ण कृयाशिल संघ संस्था , ब्यापारी , बुद्धिजीवी , नागरिक अगुवा र सरोकार वालाहरु संग आर्थिक सहयोगको लागि अपिल गरेको छ ।
तसर्थ मानवीय भाबनाको कदर गर्दै यो अभियानमा सबैले आ आफ्नो स्वैच्छिक रुपमा आर्थीक सहयोग गरेर रामचन्द्रलाई उद्दार गरेर नेपाल फर्काउनको लागि जन प्रगतिशील मन्च साउदी अरबले सबैमा हार्दिक अनुरोध पनि गर्दछौ ।
धन्यवाद ।।
खाता न: १०४००१२८०००१ सम्पर्क :नेपाल +९७७९८४३८७८९८८
जनप्रगतीशिल मन्च साउदी अरब ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij