प्रकाशित मिति : बिहिबार, साउन २७, २०७३
२७(साउन र तुलसीपुर(घोराही सडक खण्डमापर्ने ग्वार खोलामा तीन जनाको शव फेला परेको छ ।
तुलसीपुर(१७ खुम्खानीका ७० वर्षका जुद्धबहादुर विकको मात्रै हाल सम्म पहिचान हुन सकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाँईले जानकारी दिए । बाढीले बगाएको अवस्थामा थप एक जना पुरुष र एक जना महिलाको भने यो खबर तयार पार्दा सम्म पहिचान हुन नसकेको डिएसपी प्रसाँईले बताए ।
घोराही वाट तुलसीपुरतर्फ आउदै रा १ त ११४२ नम्वरको टेक्टर बगेको र मृतक पुरुष व्यक्ति ट्रेक्टरमा सवार हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीले ट्रेक्टरमा सवार थप दुई जना व्यक्ति घाईते भएको र उनीहरुको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको प्रहरीले बताए ।
घाइते मध्ये एकजना टेक्टरमा सवार पुरन विश्वकर्मा रहेको प्रहरीले बताएको छ । अर्काको भने नाम खुल्न सकेको छैन । अन्य बगेको व्यक्तिहरुलाई भने प्रहरीले उद्धार गरेको थियो ।
त्यसैगरी ग्वारखोलामै थप एकजना महिलाको शव फेला परेको छ । बिजौरीको कुटिचौर भन्ने स्थानमा खोलाले बगाएको अवस्थामा ती महिलाको शव फेला परेको हो । शव प्रकृति हेर्दा शव केही दिन पहिले कै हुन सक्ने प्रहरीले बताएको छ ।
यसैविच पुरन्धारा ४ बस्ने ५८ वर्षको लालवहादुर केसीले रुुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij