प्रकाशित मिति : बिहिबार, भदौ ३०, २०७३
नयाँदिल्ली । चार दिने भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली आइपुगेका छन् ।
नेपाली प्रतिनिधिको नेतृत्व गर्दै प्रचण्ड बिहिबार मध्यान्ह इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री चारदिन लामो भारतको राजकीय भ्रमणमा अाएका हुन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij