आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निकै कमालको छ आइफोन पछाडि हुने सानो प्वाल,

  • प्रकाशित मिति : सोमवार, अशोज ३, २०७३



  • मोबाइल फोनको दुनियाँमा एप्पल आइफोन सबैभन्दा बढि रुचाइएको ह्यान्डसेट हो । एप्पल आइफोनको प्रविधिमा पूरा संसार फिदा छ । यसै कारण नयाँ आइफोन सार्वजनिक भए लगत्तै प्रयोगकर्ताहरु नयाँ आइफोनको व्यग्र प्रतिक्षामा हुन्छन् ।

    एप्पल आइफोन आफैंले एक अत्याधुनिक प्रविधियुक्त छ जसमा स–साना पूर्जा पनि निकै नयाँ प्रविधिले बनाइएको हुन्छ । आइफोनका यही पार्टस्हरुमध्ये एक हो रियर क्यामरा र एलइडी फ्ल्यासको नजिक रहेको सानो प्वाल । हो, आइफोनको यो सानो प्वाल निकै कमालको छ जसमा तपाईंले कहिले पनि ध्यान दिएका हुँदैनन् तर यसले प्रयोगकर्तालाई निकै मद्दत गरेको हुन्छ ।

    क्यामरासँग कुनै सम्बन्ध छैनः
    आइफोनमा क्यामरा र फ्ल्यासको बिचमा दिइने सानो प्वालको सम्बन्ध क्यमरा लेन्स र फ्ल्यास लाइटसँग हुँदैन । यसको काम तपाईंले सोचे भन्दा निकै फरक छ ।

    यो काम गर्दछः
    आइफोनको पछाडि पट्टी हुने सानो प्वाल वास्तवमा एक माइक्रोफोन हो तर प्राविधिक रुपमा यो त्यो माइक्रोफोन होइन जसले तपाईंको आवाज फोनमा कुरा गरिरहने व्यक्तिसम्म पुर्याउँछ । यो माइक्रोफोनले ब्याकग्राउन्डबाट आउने अनावश्यक आवाजलाई रोक्दछ । जब तपाईं फोनमा कुरा गरिरहनु हुन्छ तब यो फोनले आफ्नो काम गर्दछ । यसले फोनमा कुराकानी गर्दा निकै राम्रो क्वालिटिको आवाज सुन्नमा सहयोग गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij