आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अमेरिकामा चालक अनुमति पत्र लिन नेपाली भाषामा लिखित परीक्षा दिन पाइने !

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • वाशिंगटन डिसी–आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् ।

    उक्त जानकारी गत आइतबार गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष कार्यक्रममा मेरिल्याण्ड एमभीए (मोटरभेहिकल एड्मिनिसट्रेसन ) की प्रमुख प्रशासकीय अधिकृत क्रिस्टिन नाइजरले जानकारी दिइन् ।
    यसको साथै उनले नेपाली भाषामा लेखिएको निर्देशन पुस्तिका समारोहमा हस्तान्तरण समेत गरेकी थिइन् ।

    उक्त कार्यक्रममा नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए वापत उनीहरुलाई नेपाली टोपी,खादाको साथै प्रशंसा द्वारा विशेष सम्मान गरिएको थियो ।

    मातृभाषा नेपालीमा सवारी चालक अनुमति पत्रको जॉचदिन पाउनको लागि निर्देशन पुस्तिका समेत प्रकाशित भै सकेको जानकारी दिइएको छ ।

    उनले यो व्यवस्था नेपालीहरुका लागि राम्रो कुरा भन्दै तर सवारी साधन सुरक्षितका साथ कुदाउन आग्रह गरिन् ।
    यसै गरी अध्यक्ष जेदु पोख्रेलले मेरिल्याण्ड गभर्नर , क्रिस्टिन नाइजर ,मेरिल्याण्ड एमभीए परिवारलाई बिशेष आभार प्रकट गरे ।

    मेरिल्याण्डमा अन्य भाषाहरुमा दिने व्यवस्था भए पनि नेपाली भाषामा लिखित परिक्षामा सहभागी हुन पाउने अमेरिका भरि यो पहिलो राज्य बन्न सफल भएको छ ।
    motor-3-copy

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij