आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उत्तर कोरियाद्वारा सफलतापूर्वक रकेट इन्जिनको परिक्षण

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • प्योङयाङ   । उत्तर कोरियाले सफलतापूर्वक नयाँ रकेट इन्जिनको परिक्षण गरेको त्यहाँको राष्ट्रिय मिडियाले दाबी गरेको छ ।

    नेता किम जोङ उनले वैज्ञानिक र इन्जिनियरहरुलाई भूउपग्रह प्रक्षेपणको तयारी शुरु गर्न निर्देशन दिएको केसिएनएले जनाएको छ ।

    सोहाय स्याटेलाइट लञ्च साइटमा उक्त परिक्षण गरेको बताइएको छ । सोही स्थानमा गत फेब्रुअरीमा पनि रकेट प्रक्षेपण गरिएको थियो ।

    पछिल्लो परिक्षणपछि देशले अब विभिन्न प्रकारको भूउपग्रहहरु अन्तरिक्षमा पठाउन सफल हुने रिपोर्टमा भनिएको छ ।

    उत्तर कोरियाले आफ्ना रकेट प्रक्षेपण वैज्ञानिक उद्देश्यका लागि बताउँदै आए पनि अमेरिकाले भने यो प्रयोग अन्तरमहाद्वीप बलास्टिक मिसाइल बनाउन गरिएको दाबी गर्दै आएको छ ।

    पछिल्लो समय उत्तर कोरियाले मिसाइल परिक्षणलाई तिव्रता दिएको छ । केही दिनअघि गरिएको परमाणु परिक्षण अहिलेसम्मकै शक्तिशाली भएको बताइएको छ ।

    उता, पाँचौं परमाणु परिक्षणपछि चीन र अमेरिका उत्तरबारे सहकार्य गर्न सहमत भएका छन् । उत्तरमाथि थप प्रतिबन्ध गर्न चिनियाँ र अमेरिकी अधिकारीहरुले छलफल शुरु गरिसकेको रोयटर्सले उल्लेख गरेको थियो ।

    बेइजिङले भने उत्तरमाथि थप प्रतिबन्ध लगाउने विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij