आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धातु र फिल्ड प्रोडक्टको माग बढ्यो, एक बर्षमा २ अर्ब ३० करोडको निर्यात

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • काठमाडौ।  गत आर्थिक बर्षमा नेपालवाट करिव २ अर्ब ३० करोड रुपैयाँको धातु तथा फिल्ड (कपासवाट निर्मित वस्तु) अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको छ । सरकारले नेपाली उत्पादनलाई निर्यात प्रवद्र्धन गर्ने तथा निर्यातमा प्रोत्साह गर्ने जनाइरहदा यी दुई उत्पादनको निर्यात व्यापार भने उत्साहजनक देखिएको हो ।
    नेपाल हस्तकला महासंघले उपलव्ध गराएको तथ्याङ्क अनुसार दुवै वस्तुको निर्यात अघिल्लो आवको तुलनामा वृद्धि भएको छ । धातुका वस्तुको निर्यात १२ प्रतिशतले बढेको छ भने फिल्ट प्रोडक्सको निर्यात १७.२१ अंकले बढेको छ ।
    विदेशी बजारमा यी दुवै प्रोडक्टको माग पनि उच्च रहेको जनाइएको छ । नेपालवाट निर्यात हुने हस्तकलाका सामग्री मध्ये आधा हिस्सा यी दुई प्रोडक्टले लिने गरेको महासंघले जनाएको छ ।
    गत आवमा कुल ४ अर्ब ७६ करोड २४ लाखको हस्तकला सामाग्री निर्यात भएको थियो । त्यसमध्ये यी दुई वस्तुको निर्यात २ अर्ब २९ करोड ७५ लाख ९० हजार रुपैयाँ छ । जसमा धातुका सामाग्री एक अर्ब २२ करोड ३२ लाख ८७ हजार रुपैयाँको निर्यात भएको छ यस्तै, फिल्ट प्रोडक्ट एक अर्ब ७ करोड ४३ लाख रुपैयाँको निर्यात भएको छ ।
    अघिल्लो आवमा पनि एक अर्ब ९ करोड १९ लाख ४८ हजारको धातु सामान र ९१ करोड ६५ लाख ६३ हजार रुपैयाँको फिल्ट प्रोडक्ट निर्यात भएको महासंघले जनाएको छ । माग उच्च रहेकाले हरेक बर्ष दुवै वस्तुको निर्यात बढ्दै गएको छ । यस्तै, गत आवमा ४६ करोड ५२ लाख ७९ हजार रुपैयाँको हातेकागज निर्यात भएको छ ।
    चाँदीका सामान समेत गत आवमा १८ करोड ६९ लाख ६४ हजार र कटन १९ करोड ५ लाख रुपैयाँको निर्यात भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij