प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
काठमाडौं । एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टममा आधारित नेपालको एकमात्र न्यूज एप इनहेडलाइन हालै सार्वजनिक भएको छ ।
नेपालको हकमा इनहेडलाइन एक मात्रै एउटा यस्तो न्यूज एप हो, जसमा हरेक समाचार मात्र ६० शब्दमा उल्लेख हुन्छन् । यस न्यूज एपमा सत्य र तथ्यमा आधारित संसारभरका समाचारहरु समावेश हुन्छन् । इनहेडलाइनले आफ्ना पाठकका लागि संसारभरका ५०० बढी प्रकाशनहरुले प्रकाशित गर्ने समाचार उपलब्ध गराउन सक्छ ।
अनलाइन मिडिया र सामाजिक सञ्जालमा अनावश्यक समाचारको बाढी आइरहेका बेला समाचारलाई पढ्न र स्पस्टसँग बुझ्न यो एउटा नयाँ अभियान सुरु गरिएको हो । इनहेडलाइनका लेखक तथा सम्पादकले नेपालसहित विश्वभरबाट हरेक श्रेणीका समाचारलाई विशेषरुपमा सम्पादन गरी हरेक दिन निरन्तर अपडेट गर्ने गर्छन् ।
इहेडलाइन टिमले २२ अगस्ट २०१६ मा २.० भर्जनसहित आफ्नो वेवसाइट www.inheadline.com पनि सुरु गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij