आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोजगारीका लागि साउदी पुगेका ४६ नेपालीको बिचल्ली (नामावलीसहित)

  • प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३



  • काठमाडौं  ।   वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरव पुगेका ४६ नेपाली विचल्लीमा परेका छन् ।

    ५ महिना अघि साउदी अरवको अलकासिम स्थित अलदोहिन सुलेमान कम्पनीमा कार्यरत उनीहरु बिचल्लीमा परेका हुन् ।

    सुरुमा कम्पनीमा राम्रै व्यवहार भएपनि पछिल्लो समय काम नदिइएको र तलब नपाउँदा विचल्लीमा परिएको पीडित मध्येका एक उदरपुरका ओमराज कार्कीले जानकारी दिए । ‘काम पनि छैन र तलब पनि दिइएको छैन, चाँडै उद्दारको पहल नगरिए हामी भोकभोकै बस्नुपर्ने अवस्था आउँछ’, उनले भावुक हुँदै भने ।

    आफूहरुले कम्पनीलाई कि काम दिन त कि नेपाल फर्काउन आग्रह गरेपनि जहिल्यै काम दिन्छौं भनेर टार्ने गरेको उनले उनाए ।

    काठमान्डौ स्थित सामाखुसी चोकमा रहेको गल्फ म्यानेजमेण्ट म्यानपावर कम्पननीलाइ जनही ८५ हजार देखि १ लाख रुपैयाँसम्म रकम बुझाएर गत बैशाख २३ गते उनीहरु साउदी पुगेका थिए ।

    अलपत्र परेका पिडित नेपालीहरुलाई संचार सुबिधाबाट समेत बन्चित गराइएको छ । उनीहरुलाइ फोन, नेट चलाउन समेत नदिएको र मुस्किलले सम्पर्क गरेको भन्दै उद्धारका लागि पहल गरिदिन रातोपाटीमार्फत आग्रह गरे ।

    ४६ जना मध्ये एक जनासँगमात्र्र ०५९२९७८०११ मोबाइल चालू रहेको उनीहरुले बताए।
    पीडित मजदुरहरुलार्इ हाल केही नेपाली साथीभाइ र आसपासका मस्जिदले खानपिनको ब्यबस्था गर्दै आएको साउदीमा कार्यरत न्यानो नेपालका सदस्य मिनराज भण्डारीले जानकारी दिए।

    ‘उनीहरुको अबस्था दयनिय छ, उद्धारमा छिटो सरकारको ध्यान पुगोस्’, उनले भने।

    अलपत्र नेपालीले रियादस्थित नेपाली राजदुतावासमा पनि जानकारी गराएको तर उद्धारमा आजसम्म कुनै चासो नदिएको गुनासो गरे । उनीहरुले चाँडोभन्दा चाँडो उद्दारको लागि पहल गरिदिन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij