प्रकाशित मिति : मङ्लबार, अशोज ४, २०७३
अमिताभ बच्चको चिट्ठीको नातिनी नव्या नवेली नन्दाले जवाफ दिएकी छिन् । उनको चिट्ठीको जवाफ चिट्ठी नै लेखेर दिएकी हुन् ।
हजुरबुवा अमिताभले भनेजस्तै गर्ने प्रतिबन्धतासहित उनले लेखेकी छिन्, ‘हजुरबुवा, तपार्ईंले जे भन्नुभएको छ, त्यस्तै गर्छु ।’
केही दिन अघि अमिताभले नातिनीद्वय आराध्या (४) र नव्या (१८) लाई सम्बोधन गर्दै एउटा चिट्ठी लेखेका थिए । जसमा उनले लेखेका थिए, ‘तिमी नन्दा वा बच्चन हुनुभन्दा पहिले एक महिला हौ । तिमी महिला हौं त्यसकारण मानिसहरुले आफ्नो बिचार तिमीहरुमाथि थोपर्ने कोसिस गर्छन् तर यस्तो हुन नदिनु । मानिसहरुले के भन्छन्, त्यो बारे सोच्दै नसोच्नु ।’
नव्याले यसबारे जानकारी दिँदै नातिनीले आफूले भने जस्तै गर्ने प्रतिबन्धता दिएको उनले जानकारी दिए । उनले भने, ‘नव्याले मैले जे भनेको छु, ठ्याक्कै त्यस्तै गर्ने बताएकी छिन् ।’
अमिताभले चिट्ठीका लागि आफूलाई छोरी श्वेताले पनि धन्यवाद दिएको जानकारी दिए । उनका अनुसार छोरी श्वेताले पनि आफूले धेरै पहिलेदेखि यी सबै कुरा छोरीलाई सिकाउन कोसिस गरिरहेको तर उनको एउटा चिट्ठीले सबैकुरा धेरै सहज बनाइदिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij