प्रकाशित मिति : बिहिबार, अशोज ६, २०७३
उत्तर क्यारोलिनाका गर्भनर प्याट म्याकक्रोरीले चार्लोटमा संकटकालको घोषणा गरेका छन् । एक अश्वेतलाई गोली हानेको विरोध गरिरहेका हिंसामा उत्रिएपछि संकटकालको घोषणा गरेको बताइएको छ ।
किथ ल्यामोन्ट स्कट, ४३, लाई गत मंगलबार पुलिसले गोली हानेको विरोध मानिसहरु सडकमा उत्रिएका थिए ।
पुलिसले विरोधमा उत्रिएकालाई नियन्त्रण गर्नका लागि अश्रुग्याँको प्रयोग गरेको छ ।
स्कटको हातमा भएको बन्दुकलाई बारम्बार भुईंमा राख्नको लागि गरेको आग्रहलाई अस्विकार गर्दा उनलाई बाध्यताबस गोली हान्नुपरेको पुलिसले बताएको छ भने उनको परिवारले भने गोली हान्दा उनी पढिरहेको बताएको छ ।

मंगलबार राती भड्किएको हिंसामा १६ जना पुलिस घाइते भएका छन् ।
प्रदर्शनकारीले झ्यालढोका फुटाउने, आगो लगाउने, पत्रकारलगायत अन्य नागरिकलाई समेत आक्रमण गरेपछि गर्भनर प्याट म्याकक्रोरीले संकटकालको घोषणा गरेका हुन् ।
आन्दोलनको दोस्रो दिन शान्तीपूर्ण ढङ्गले गरिएता पनि उक्त प्रदर्शनमाथि गोली चलाइयो जसका कारण भीडका केही व्यक्ति घाइतेसमेत भए । तत्पश्चात आन्दोलनकारीले पुलिसकर्मीमाथि बोतल र फायरवर्क फ्याकें । उक्त भीडलाई नियन्त्रण गर्नका लागि पुलिसले टियर ग्याँस फ्याँकेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij