प्रत्युशा ब्यानर्जीको मृत्यु सन् २०१६ को अप्रिल १ तारिखमा भएको थियो । २४ वर्षीया यी नायिकाले पासो लगाएको आफ्नो जीवनलीला समाप्त गरेकी थिइन् ।

जिया खानः
सन् २०१३ को जुन ३ तारिखमा जिया खानको २५ वर्षको मृत्यु भएको हो । मुम्बईको जुहुस्थित उनको घरको बेडरुममा उनलाई झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको मृत्युलाई भारतीय फरेन्सिक एजेन्सीले आत्महत्या भनेको छ भने बेलायती फरेन्सिक एजेन्सीले उनको आत्महत्यामा केही षड्यन्त्र भएको भनी केहि दिन अघि मात्र रिपोर्ट सार्वजनिक गरेको थियो । आफ्नी छोरीको मृत्युको रहस्या थाहा पाएरै छोड्छु भनी जियाकी आमा अदालत धाइरहेकी छिन् ।

परबिन बबीः
परबिन बबी सन् २००५ जनवरी २० मा यो संसारबाट बिदा भइन् । ५५ वर्षीया उनलाई उनको आफ्नै घरमा मृत भेटिएको थियो । उनको मृत्युको कारण अत्यधिक मदिरापान र स्लिपिङ ट्याब्लेट थियो ।

राजेश खन्नाः
राजेश खन्नाको मृत्यु सन् २०१२ को जुलाई १८ मा भएको थियो । उनको मृत्यु उनको नीजि निवास आशिर्वादमा भएको थियो । उनलाई केही वर्षअघिदेखि क्यान्सरले ग्रस्त पारेको थियो ।

दिव्या भारतीः
दिव्या भारती सन् १९९३ को अप्रिल ५ मा चीर निन्द्रामा लिन भइन् । १९ वर्षीया नायिकाको मृत्यु मुम्बईको भर्सोवास्थित उनको पाँचतल्ले घरबाट खसेका कारण भएको थियो ।

नफिसा जोसेफः
नफिसाको मृत्यु सन् २००४ को जुलाई २९ तारिखमा भएको थियो । २६ वर्षीया उनले आफ्नो फ्ल्याटको सिलिङ फ्यानमा झण्डिएर आत्महत्या गरेकी थिइन् ।

आदेश श्रीवास्तवः
आदेश श्रीवास्तवको सन् २०१५ को सेप्टेम्बर ५ तारिखमा भएको थियो । ५१ वर्षीय उनले निकै लामो समयसम्म क्यान्सर रोगसँग लडे । अन्त्यमा उनी क्यान्सरसँग हारे ।

आरती अग्रवालः
तेलेगु नायिका आरतीको मृत्यु सन् २०१३ को जून ६ तारिखमा मृत्यु भयो । न्यूयोर्कको एट्लान्टिकेयर रिजनल मेडिकल सेन्टरमा लिपोसक्सनको सर्जरी पछि उनको मृत्यु भएको थियो ।

उदय किरणः
३३ वर्षको उमेरमा तेलेगु नायक उदयको सन् २०१४ जनवरी ५ मा मृत्यु भयो । उनलाई हैदराबादस्थित श्रीनगर कोलोनीको आफ्नै फ्ल्याटमा मृत पाइएको थियो ।